कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा र तोडफोड

चैत १४, २०८१


राजसंस्था समर्थकको प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनमा ढुंगामुढा र तोडफोड भएको छ । प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजनलक्ष्यित आक्रमण गरेका थिए ।

आक्रमणबाट कान्तिपुर कार्यालयमा क्षति पुगेको छ ।

यस्तै तीनकुनेमै अवस्थित अन्नपूर्णपोस्टको कार्यालयमा पनि आगजनीको प्रयास भएको छ । ढुंगा प्रहार हुँदा अन्नपूर्णको कार्यालयमा पनि क्षति पुगेको छ ।

यस्तै कोटेश्वरको भाटभटेनीमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् । आलोकनगरको एकीकृत समाजवादीको कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी भएको छ ।