शान्तिनगरको सुन्दरतासँग प्रभावित बेलायती मेयर, सहकार्यको सम्भावना

बैशाख ३, दाङ, शान्तिनगर गाउँपालिका र बेलायतको Royal Borough of Greenwich का मेयर श्री जित राणाभाट र दाङ शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतबीच हालै विशेष भेटघाट सम्पन्न भएको छ ।
भेटघाटका क्रममा शान्तिनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल सुन्दरा देवी मन्दिरको विषयमा चर्चा गर्दै अध्यक्ष बस्नेतले त्यस मन्दिरसँग सम्बन्धित मायाको चिनो मेयर राणाभाटलाई प्रदान गर्नुभएको थियो । साथै, शान्तिनगर गाउँपालिका क्षेत्रलाई सिँचाइमा आत्मनिर्भर बनाउनका लागि प्रस्तावित बबई लिफ्टिङ सिचाइ आयोजना सम्बन्धी प्रस्ताव समेत पेश गरिएको थियो ।
Royal Borough of Greenwich नगरपालिकाको तर्फबाट मेयर राणाभाटले अध्यक्ष बस्नेतलाई विशेष पिन लगाएर स्वागत गर्दै, दुवै नगरपालिका र गाउँपालिकाबीच भविष्यमा सहकार्य गर्न सकिने सम्भावनाहरूका विषयमा छलफल गर्नुभएको थियो . अध्यक्ष बस्नेतले मेयर राणाभाटलाई शान्तिनगर गाउँपालिकाको भ्रमण गर्न औपचारिक निमन्त्रणा समेत दिनुभएको छ ।भेटघाटले दुबै पक्षबीच आपसी सम्बन्ध सुदृढ गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
