ऋषिराज आचार्यले द्रौपदीबाट पाए जुरी मेन्सन अवार्ड उत्कृष्ट निर्देशक

बैशाख ३ देखि ७ रसुवाको धुन्चेमा चललिरहेको चौथो ग्रामीण चलचित्र महोत्सव बाट चलचित्र द्रौपदीले अर्को सफलता पाएको छ ।
सेलिब्रेटी नेपाल आयोजक तथा चलचित्र बिकास बोर्ड र गोसाइँकुण्ड गाउँपालिका सह आयोजक रहेको
चौथो ग्रामिण चलचित्र महोत्सब २०८२ , बैशाख ६ गते सम्पन्न भएको छ । उक्त चलचित्र महोत्सव रसुवाको गोसाइँकुण्ड गाउपालिकाको धुन्चेमा संचार तथा सूचना प्रबिधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ ज्यु , चलचित्र बिकास बोर्ड अध्यक्ष दिनेश डि सि ज्यु , गोसाईंकुण्ड गाउपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ ज्यु लगायतको सहभागिता थियोे ।
सोही समाहोहमा निर्देशक ऋषिराज आचार्यले जुरी मेन्सन अवार्ड उत्कृष्ट निर्देशक चलचित्र द्रौपदी बाट ग्रहण गरेका छन् । सो अवार्ड सन्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यु , सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा ज्यु , चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डि सि ज्यु , गोसाइकुण्ड गाउपालिका प्रमुख ज्यु लगायतको हातबाट प्रदान गरिएको थियोे । सो अवार्डले आफुलाई अझै उत्कृष्ट चलचित्र निर्माण तथा निर्देशन गर्ने प्रेरणा मिल्नेछ भन्ने बिश्वास लिएको निर्देशक आचार्यले बताएका छन् ।
चलचित्र द्रौपदी विभिन्न अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा छनोटमा परिसकेको छ । नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बिशेष चलचित्रको अवार्ड प्राप्त गरेको छ भने पापाज हिस्टोरिकल इन्टरनेशनल फिल्म फेस्टिबल हङ्गेरी , प्याराडाइज फिल्म फेस्टिभल जर्मनी , लस एन्जलस स्टार इन्टरनेशनल फिल्म फेस्टिभल अमेरिकामा समेत छनोटमा परिसकेको छ । यो प्रकारका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो चलचित्र छ्नोटमा पर्दा आफ्नो कामको उचित मुल्यांकन भैरहेको निर्देश आचार्यले बताउछन् ।
चलचित्रमा ऋषिराज आचार्य प्रमुख भुमिकामा छन् भने आचार्यका अलावा रबि वोड , प्रकाश ज्ञवाली, सुजाता तिमल्सिना , जेल्सन अधिकारी , सीता बौडेल , सुबास ठडराई, कबिराज भाम लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् भने सह निर्माता ऋतु आचार्य र बिष्णु ठडराई हुन् । चलचित्र मोहन कुमार झिल्लुको छायांकन र अनिल महर्जनको सम्पादन रहेको छ ।