मेरिगोल्ड स्कुलमा रक्तदान कार्यक्रम

बैशाख २५, २०८२


दाङ २५, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलमा रहेको जुनियर रेडक्रस सर्कल मेरिगोल्डको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस दिवसको अवसरमा जुनियर रेडक्रस सर्कल मेरिगोल्डले आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारी र अभिभावक गरी ३२ जनाले रक्तदान गरेका छन ।

जुनियर रेडक्रस सर्कल मेरिगोल्डका अध्यक्ष प्रतीक खनालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, बोल्दै प्रमुख आतिथि जिसीले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन नेतृत्व क्षमताको विकास गर्न र सामाजिक गतिविधि तथा समाज सेवामा क्रियाशील हुन जुनियर रेडक्रस मेरिगोल्डले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेब रिजालले रेडक्रसले समाजमा मानवीय सेवाका लागि खेलेको भुमिका उल्लेखनीय रहेको बताउनुभएको थियो । आगामी दिनमा पनि सामाजिक सेवामा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भाइस प्रिन्सिपल सोमराज बस्नेत, शिक्षक तथा मेरिगोल्ड जुनियर रेडक्रस सर्कलका शिक्षक नायक विष्णु न्यौपाने लगाएतले बोल्नुभएको थियो । जुनियर रेडक्रस सर्कल मेरिगोल्डले विभिन्न समयमा सामाजिक गतिविधि निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ ।