मेरिगोल्ड स्कुलमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

बैशाख २८, २०८२


दाङ २८, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलमा २५६९ औं बुद्ध जयन्तीको अवसरमा विशेष बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमा आयोजना गरिएको कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कक्षा ३ देखि ५ सम्मको समूहमा कक्षा ५ की दिया खड्का प्रथम, कक्षा ५ की स्वस्तिका के.सी. द्वितीय र कक्षा ४ का अनुप के.सी.तृतीय भएका छन् ।

त्यस्तै कक्षा १ र २ सम्मको समूहमा कक्षा १ का विकास ओली प्रथम, कक्षा २ की शिवानी के.सी. द्वितीय र कक्षा २ की स्वेता गिरी तृतीय स्थान हासिल गरेको छन । प्रतियोगितामा शिक्षक टीकाराम बुढाथोकी र शिक्षिका मेनका ओलीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षिका सिया बि.क.ले गर्नुभएको थियो ।