महानायक राजेश हमाल बिहीबार दाङको भिएफएक्स सिनेमाजमा आउँदै

जेष्ठ १४, जेठ ९ गते शुक्रबारबाट प्रदर्शनमा आएको महानायक राजेश हमालको कमब्याक रहेको चलचित्र ‘नरसिंहा अवतार’ को प्रचार प्रसारका लागि महानायक राजेश हमाल बिहीबार दाङ आउने भएका छन् ।
महानायक राजेश हमालसँगै चलचित्र ‘नरसिंहा अवतार’को टिम सहित जेठ १५ गते बिहीबार दाङको नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा आउने भएका छन् । दाङका दर्शकहरूसँग सँगै बसेर सिनेमा हेर्न र दर्शकको प्रतिक्रिया लिन चलचित्रको टिम दाङ आउन लागेको हो ।
महानायकले ८ वर्षपछि कमब्याक रहेको चलचित्र नरसिंहा अवतार यतिबेला देशभर प्रदर्शन भइरहेको छ । चलचित्रले उत्कृष्ट प्रतिक्रिया र दर्शकको राम्रो साथ प्राप्त गरि रहेको छ । सोही क्रममा चलचित्रको सम्पूर्ण टिम यतिबेला मोफसलका विभिन्न हलहरू मा दर्शकसँग सँगै बसेर चलचित्र हेर्न र प्रतिक्रिया लिन देश दौडामा लागेको छ ।
क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । सिनेमामा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन रहेको छ ।