अम्बेश्वरी मा.वि.मा सरस्वतीको मूर्ति हस्तान्तरण

दाङ, जेष्ठ ३०। तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका-१३ स्थित अम्बेश्वरी माध्यमिक विद्यालयमा विद्या, कला र ज्ञानकी अधिष्ठात्री देवी सरस्वतीको मूर्ति हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल रहेका थिए । सरस्वतीको मूर्ति राप्ती परोपकार संघ नेपाल र नगर सभापति हमालको संयुक्त पहलमा विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
राप्ती परोपकार संघ नेपालका सचिव राघव देवकोटाले मूर्ति हस्तान्तरणको औपचारिक जानकारी दिएका थिए । संघका अध्यक्ष सञ्जय पराजुली, उपाध्यक्ष गोरख वली र कोषाध्यक्ष क्षेत्र भण्डारी समेत कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता देवेन्द्र रिजाल, दाङ जिल्ला सदस्य रमेश मल्ल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
विद्यालयमा धार्मिक र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मूर्ति स्थापना गरिएको हो । विद्यालय प्रशासनले यस्ता कार्यहरूले विद्यार्थीमा नैतिकता र संस्कारप्रति झनै लगाव बढाउने विश्वास व्यक्त गरेको छ ।