क्यान्सर पीडित बि.क.लाई आर्थिक सहयोग
असार १२, २०८२

असाढ १२, क्यान्सर पीडित दाङको घोराही उपमहानगरपालिका -५ डागी गाउँका पूर्ण बहादुर बि.क. काे जीवन रक्षाका लागि आर्थिक सहयोग भएको छ ।
बि.क. काे जीवन रक्षाका लागि वाइ.सि.एल नेपालका केन्द्रीय उपमहासचिव वीरेन्द्र बि.क, समाज सेवी युवाहरु मनोज परियार, सुदर्शन सेर्पाइली, चन्द्र बि .क. र बिकास सुनारको पहलमा विभिन्न सहयोगी दाताहरूबाट प्राप्त गरेको ५६ हजार ३ सय २० रुपैयाँ रकम पीडित पूर्ण बहादुर बि.कलाई बिहिबार हस्तान्तरण गरेको छ ।
वाइ.सि.एल नेपालका केन्द्रीय उपमहासचिव तथा
समाजसेवी वीरेन्द्र बिकले क्यान्सरपीडित गुभाजुलाई उनकै घरमा पुगेर संकलित नगद सहयोग हस्तान्तरण गरेका हुन् । बि.क. क्यान्सरबाट करीब १ बर्ष अघिदेखि पीडित छन् । २ छोरी र २ छोराका बुबा रहेका पीडित बि.ककाे आर्थिक अवस्था कमजोर रहेकै कारणले उपचारमा आर्थिक सङ्कट परेको उनले बताए ।