मेरीगोल्ड जुनियर रेडक्रस सर्कलद्वारा स्वास्थ्य केन्द्र परिसरमा वृक्षारोपण

असार १५, २०८२


असार १५, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको परिसरमा विश्व धान दिवसको अवसर पारेर वृक्षारोपण तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम मेरीगोल्ड जुनियर रेडक्रस सर्कलले आयोजना गरेको हो । शिक्षक सोमराज बस्नेतका अनुसार धान दिवसलाई वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षारोपण तथा डस्टबिन वितरण गरिएको हो । कार्यक्रममा जुनियर रेडक्रस सर्कलका अध्यक्ष प्रतीक खनालको अध्यक्षता भयको कार्यक्रमममा सर्कलका शिक्षक विष्णु न्यौपानेले रेडक्रस सर्कलले गर्दै आएका विविध सामाजिक तथा मानवसेवा मूलक गतिविधिहरूको बारेमा प्रकाश पारेको प्रिन्सिपल वासुदेव रिजालले जानकारी दिनु भयो ।

स्वास्थ्य सेवा केन्द्रका प्रतिनिधि रेणु केसी र मधु राणाले मेरीगोल्ड स्कूलले स्थानीय समुदायमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन मेरीगोल्ड स्कूलकी विद्यार्थी सिर्जना बुढाथोकीले गर्नुभएको थियो । तुलसीपुरमा अवस्थित मेरीगोल्ड स्कूलले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरूमा सामाजिक चेतना र सेवा भावको विकास गर्ने उद्देश्यले नियमित रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

विद्यालयले शिक्षासँगै वातावरण संरक्षण, स्वास्थ्य सचेतना र सरसफाइ जस्ता क्षेत्रमा समेत सक्रिय भूमिका खेल्दै आएको छ । कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई आयोजक संस्थाले हार्दिक धन्यवाद ज्ञापन गरेको थियो ।