ज्ञान दीप कलेजका ५३ जना विद्यार्थीद्वारा रक्तदान

साउन १०, २०८२


दाङ ९, साउन । ज्ञान दीप कलेज तुलसीपुर दाङकाे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको प्राबिधिक सहयोगमा आज ज्ञान दिप कलेज तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान गरौँ आशा दिउँ, हामी संगै जीवन बचाउँछौँ भन्ने मूल उद्धेश्यका साथ ५९ औ रक्त सञ्चार सेवा स्थापना दिबसको अबसरमा कार्यक्रम सम्पन्न भएको हो । तुलसीपुरमा रगतको माग बढी रहेको र सो अनुपातमा रक्तदान गर्नेको संख्या कमि रहेको छ, सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रूपमै क्यालेन्डर बनायर कलेजले रक्तदान कार्यक्रम गर्दै आयको कलेजका भाइस प्रिन्सिपल मनोज कुमार केसीले बताउनुभयो ।

विद्यार्थीहरूलाई शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा अघि बढाउन र रगतको अभाबमा कोहि कसैले अकालमै ज्यान गुमाउन नपरोस भनेर आफुले नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतमले बताउनुभयो ।

मानिसको सरीरमा खेर गैरहेको रगत दान गरेर मानबिय सेवामा हातेमालो गर्न दाङ रेडक्रसले सबैमा अपिल गरेको छ । आज कलेज परिसरमा आयोजित रक्तदान कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थी गरि ५३ जनाले रक्तदान गर्नुभएको थियो ।