लायन्स क्लब इशानकाे निःशुल्क स्वास्थ्य परीक्षण

चैत १४, २०८२     सन्ताेष के.सी.


चैत १४, लायन्स क्लब अफ तुलसीपुर इशानकाे आयोजना तथा राप्ती लाईफ केयर हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरीमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ तुलसीपुर इशानका प्रथम उपाध्यक्ष दिपक केसीको अध्यक्षता भएको कार्यक्रममा लाइफ केयर हस्पिटलका प्रबन्ध निर्देशक जीवन भण्डारीले स्वास्थ्य सम्बन्धी जानकारी दिनुभएको थियोे । कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले रक्तचाप, मधुमेह, सामान्य स्वास्थ्य जाँच लगायतका सेवा प्रदान गरेका थिए। विशेष गरी ज्येष्ठ नागरिक र महिलाहरूले सेवा लिँदै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । स्वास्थ्य सेवामा पहुँच नपुगेका समुदायलाई लक्षित गर्दै यस्तो कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

स्थानीयवासीहरूले यस्ता निःशुल्क स्वास्थ्य शिविरले समयमै रोग पहिचान गर्न सहयोग पुग्ने भन्दै धन्यवाद व्यक्त गरेका छन् । आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । लायन्स क्लब अफ तुलसीपुर इशानका सचिव तथा स्वास्थ्य परीक्षण कार्यक्रमका संयाेजक साेमराज बस्नेतकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव एकराज देवकोटाले गर्नुभएको थियो ।