अभिनेत्री मनिषा कोइरालाको पक्षमा उभियो नेपाली चलचित्र जगत
सरकारले लिपुलेक, लिम्पियाधुरार कलापानी समेटेर नयाँ नेपालको नक्सा सार्वजनिक गरिसकेको छ । यसलाई सरकारले चालेको उत्तम कदमका रुपमा नेपाली जनताले लिएर समर्थन गरेका छन् ।
त्यस्तै बलिउडमा लामो समय सम्म काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालाले पनि आफ्नो विचार सामाजिक सञ्जाल मार्फत राखेकी थिइन् । मनिषाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई रि–ट्विट गरेकी थिइन् । ’हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद ।
अब हामी तीन महान् देशहरूबिच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ’ भनेर लेखेकी थिइन् ।
यस विषयमा राखेको विचारलाई लिएर यतिबेला अभिनेत्री मनिषा कोइराला बिरुद्ध भारतिय मिडियाहरु खनिएका छन् । उनको समर्थनमा अभिनेत्री करिश्मा मानन्धर, निता नीता ढुंगाना, पूजा शर्मा, अभिनेता दीपकराज गिरी, विल्सन विक्रम राई, गायिका इन्द्रिरा जोशी लगायतका नेपाली कलाकर्मीहरु पनि उत्रिएका छन् । केही कलाकर्मीले सामाजि सञ्जालमा पोष्ट गरेका विचारहरु यस्ता छन् ।








