एआइजी बढुवा सिफारिसप्रति असन्तुष्ट डिआइजीले दिए उजुरी

चैत ०६, २०७८


चैत ६, आफूभन्दा जुनियरलाई एआइजी बढुवामा सिफारिस गरिएको भन्दै केही डिआइजीहरुले लोक सेवा आयोगमा उजुरी दिएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो ।

हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट रहेका इश्वरबाबु कार्की र घनश्याम अर्याललगायतका डिआइजीहरुले बढुवा सिफारिसमा पुनरावलोकनको माग गर्दै उजुरी दिएका हुन् । उनीसहित अन्य डिआइजीहरु पनि उजुरी दिने तयारीमा रहेका बताइएको छ । तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।