नाइँ नभन्नु ल ६, मा जोडिइन् केकी अधिकारी

मङि्सर ०१, २०७९


अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’ मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् । निर्मातामध्येका उत्तम केसीले केकीले छायांकन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायांकनमा व्यस्त हुने जानकारी दिएकी छन् ।

फिल्ममा केकीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । फिल्ममा आँचल शर्मा र आशिर्वाद बरालको प्रमुख भूमिका छ । विकासराज आचार्यको निर्देशनमा छायांकन भइरहेको फिल्मलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना छ । निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् ।