‘नाइमा मोभिलिटी एक्स्पो’मा ‘माग्ने राजा’को टिम

साउन २५, २०८२


भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माग्ने राजा’को टिम ‘‘नाइमा मोभिलिटी एक्स्पो’मा पुगेको छ । फिल्मका निर्देशक ऋषि लामिछाने, नायक केदार घिमिरे र नायिका वर्षा सिवाकोटी भृकुटीमण्डपमा जारी ‘नाइमा अटो शो’मा पुगेका हुन् । 

अटो शोमा पुगेका कलाकार केदार प्रसाद घिमिरेले फिल्मको बारेमा कुराकानी गरे । फिल्ममा केदार प्रसाद घिमिरेले गरेको एक्सनको चर्चा पनि मिडिया कुराकानीमा भयो । 

मुनाल घिमिरेको निर्माणमा तयार भएको यो फिल्मको टिजर, गीतसंगीत र ट्रेलरले दर्शकको साथ पाइसकेको छ ।