उवासंघद्धारा भारत वाट ल्याएको टमाटर नष्ट

बैशाख ०३, २०७७


दाङ, ३ बैशाख ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले भारत वाट ल्याएको टमाटर नियन्त्रणमा लिएर नष्ट गरेको छ । भारतवाट टमाटर आइ रहेको खवर पाए पछि बेलदमार पुगेर टमाटर नियन्त्रणमा लिएको संघका महासचिव नरेशकार्कीले जानकारी दिए । टमाटर ल्याउने पक्ष संग कहा वाट ल्याएको र कहा लैजाने भन्ने कुनै आधिकारीक प्रमाण नभएको कार्कीले बताए । सो गाडी नेपाली भएता पनि टमाटर भने भारतवाट ल्याएको भन्ने धेरै आधारहरु भेटिए पछि संघमा ल्याएर सरोकारवालाहरु संगको छलफल पछि नष्ट गर्ने निणय गरेको हो ।
लु १ च १९६२ नम्वरको गाडीमा ल्याउदै गरेको ८५ क्यारेड (२१२५केजि ) टमाटर नियन्त्रणमा लिएको संघका अध्यक्ष नाराणण प्रसाद भुसालले जानकारी दिए । संघले वाहिरी जिल्लावाट तरकारी तथा फलफुल ल्याउन रोक लगाएको छ । तर व्यवसायिहरुले अटेर्री गरेर ल्याएकाले नियन्त्रमा ल्याएको संघले जनाएको छ । टमाटर नियन्त्रणमा लिनका लागि संघका अध्यक्ष नारायणप्रसाद भुसालको नेतृत्वमा संघका कोषाध्यक्ष शुसिल पोख्रेल र सदस्य महेन्द्र वुढाथोकीको सहभागिता रहेको थियो । नियन्त्रमा ल्याएको टमाटर घोराही उप महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, वडानं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, वडा नं १६ का वडाअध्यक्ष तारावहादुर डि सी, वडा नं ४ का वडा अध्यक्ष भिमबहादुर सार्की, वडा नं १४ का वडा सदस्यहरु गुलाम रसुल, लछुमान वुढा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुवराज श्रेष्ठ (भारी) , संघका पदाधिकारीहरु तथा दाङ चेम्वर अफ कर्मशका अध्यक्ष श्रीधर महरा लगाएतको सहभागितामा नष्ट गरिएको हो । केही दिन यता तरकारी वितरणमा जन गुनासो आए पछि संघले व्यवस्थित वितरणका लागि थप रणनितीहरु अगाडि वढाएको र आगामी दिनमा यसै उप महानगरपालिका भित्रका कृषि उत्पादनहरुलाई वजारमा ल्याउनका लागि सवै वडाका अध्यक्षहरु संग छलफल र परामर्श अगाडि वढाएको महासचिव कार्कीले बताए ।