अनलाइन माध्यमबाट तुलसीपुरमा कक्षा ८ को नतिजा सार्वजनिक

बैशाख १८, २०७७


तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले लिएको नगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ ।

लकडाउनलाई ध्यानमा राखी उपमहानगरपालिकाले अनलाइनबाट नतिजा सार्वजनिक गरिएको हो ।

कोरोना भाइरस संक्रमणका कारण निर्धारित समयभन्दा अगावै गत फागुन २८ गतेदेखि चैत ५ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । एकतीस सामुदायिक विद्यालय र ५६  संस्थागत विद्यालय परीक्षामा समावेश भएका थिए ।

परीक्षा समितिका सदस्य सचिव चक्र भण्डारीका अनुसार सामुदायिकबाट एक हजार ९७३ र संस्थागतबाट दुई हजार ६७ विद्यार्थी परीक्षामा सहभागी  थिए ।

परीक्षामा  दुई हजार २३५ छात्रा र  एक हजार पाँच छात्र समावेश भएका थिए ।