तुलसीपुरमा थप तीन जनाको रिर्पोट नेगेटिभ

चैत २२, २०७६


तुलसीपुर, २२ चैत्र

कोरोना विशेष अस्पताल बेलझुडीको आइसोलेसनमा राखिएका थप ३ जनाको रिर्पोट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ । आइसोलेसनमा राखिएका ४ जना मध्य ३ जनाको रिर्पोट नेगेटिभ आएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

थप एक जनाको भने रिर्पोट आउन बाँकि रहेको सदस्य सचिव डा. शर्माले बताए । नेगेटिभ रिर्पोट आउनेहरु तुलसीपुर, घोराही र रोल्पाको होलेरीका रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा आएका ८२ जना मध्य सबैकाे नेगेटिभ रिर्पोट आएको छ ।  अस्पतालको आइसोलेसनमा ४ जनालाई मात्र निगरानीमा राखिएको छ ।