प्रधानमन्त्री ओली राष्ट्रका नाममा सम्बोधन गर्दै

चैत २५, २०७६


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। मंगलबार सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

कोभिड-१९ कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने बताइएको छ। प्रधानमन्त्री ओलीले यसअघि यही चैत ७ गते पनि राष्ट्रका नाममा सम्बोधन गरेका थिए।