कोरोना संकटविरुद्ध लड्न विश्व बैङ्कसँग ३ अर्ब ४८ करोड ऋण

चैत २५, २०७६


विश्व बैङ्कले कोरोना संकटसँग जुध्न नेपाल सरकारलाई २९ मिलियन डलर (करिब ३ अर्ब ४८ करोड रूपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको छ ।

कोभिड-१९ आपतकालीन, महामारी पूर्वतयारी तथा योजनाअन्तर्गत विश्व बैङ्कले उक्त रकम बराबरको ऋण सरकारलाई दिएको हो । यो ऋण द्रूत प्रक्रियाबाट सरकारले प्राप्त गर्नेछ ।