टेलिकमको भ्वाइस तथा डाटा सेवामा निरन्तरता

चैत २७, २०७६


पाल टेलिकमले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।

सरकारले तेस्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत २०७६ देखि २०७७ वैशाख ४ गतेसम्म बढाएको हो । सो अवधिमा जिएसएम सेवामा डाटा प्याकअन्तर्गत पहिलो प्याकेजमा रु १०० मा एक जिबी डाटा खरिद गर्दा तीन जिबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा पाँच दिनभित्र खपत गर्नुपर्नेछ ।