युट्युब पनि करको दायरामा

भदौ २६, २०७८


काठमाण्डाै – पछिल्लो समयमा युट्युबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेसा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्तिकै मौलाएको छ ।राम्रै आम्दानी हुने भए पनि याे क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले हिजाे प्रतिनिधि सभामा पेस गर्नुभएको चालु आर्थिक वर्षको बजेटमा युट्युबलाई समेत करको दायरामा ल्याइएको छ । नेपालभित्र पनि युट्युबमार्फत आम्दानी गर्नेको सङ्ख्या बढ्दै गएको सन्दर्भमा त्यसलाई करको दायरामा ल्याइएको हो । यसबाट थोरै भए पनि सरकारको राजश्वमा योगदान पुग्नेछ ।युट्युबबाट प्राप्त हुने रकमको एक प्रतिशतको दरले अग्रिम कर तिर्नुपर्ने व्यवस्था प्रतिस्थापन विधेयकमा गरिएको छ ।