अमेरिकामा परिवारसंग खुशी साट्दै सरोज खनाल
चैत २७, २०७६
अभिनेता सरोज खनाल अहिले अमेरिकामा छन् । कोरोना भाइरस (कोभिड १९) ले विश्वभर आतंक मच्चाइरहँदा अमेरिकाले आइतबार आफ्ना ३०३ नागरिकलाई अमेरिका फर्काउने क्रममा उनि पनि आफ्नो परिवारलाई भेट्न अमेरिका गएका हुन् । उनि संग अमेरिकी नागरिकता छ । उनले फेसबुकमा पत्नी सूर्यमाला खनाल र नाती/नातिनिसँगको संगको फोटो पोष्ट गर्दै “जस्ले जे भनेपनी यो समय परिवारसंग बिताउन उचित सम्झिए !! जे पर्ला तेहि टर्ला” लेखेका छन् । लकडाउन घोषणा पछी केहि दिन नेपालमै बसेर आइतबार अमेरिका गएका सरोज खनाललाई केहिले आलोचना पनि गरेका थिए भने केहिले यो बिषय लाई सामान्य रुपमा लिएका थिए ।






