हामी पनि संगसंगै

बैशाख ०१, २०७७


भनिन्छ पत्रकारीता समाजको ऐना हो । यसले स्थानिय,राष्ट्रिय साथै अन्र्तराष्ट्रिय समाज व्यवस्थासंग सम्वन्ध राख्दछ । नेपालमा पनि संचार प्रणालिको तिव्र गतिमा विकास भईरहेको छ । संचार क्षेत्रको विकास र विस्तारले विश्वलाई नै एउटा सानो गाँउको रुपमा परिणत गरिदिएको छ । संचारले समाज विकासमा पुर्याएको योगदानकै कारण आज पत्रकारीतालाई चौथो अंगको रुपमा व्याख्या गरिदै आएको छ । छापा माध्यमदेखि श्रव्य,श्रव्य–दृष्य हुदै अनलाईन माध्यमसम्म आईपुग्दा समेत गुणस्तरीयतामा खासै फड्को मार्न अझै नसकेको कुरा यर्थाथ हो । ईतिहासको तानाशाह,पञ्चायती व्यवस्था,प्रजातन्त्र लगायत विभिन्न कालखण्ड पार गर्दै नेपालको संचार माध्यम अहिलेको अवस्थामा आईपुगेको हो । विशेषत  पछिल्लो दुई दशकदेखि विकसित अनलाईन माध्यम र यसको प्रविधिको प्रयोगले विश्व मानव समाजमा सुचना र संचार संवाहनको गतिविधिमा अकल्पनिय परिवर्तन देखा परेको छ । तसर्थ हामि पनि समाजको ऐनाको रुपमा चित्रित हुन आज देखि विधिवत रुपमा नयाँ वर्षको शुभकामना सहित तपाईमाझ आएका छौ । “सम्पूर्ण कुरा”ले सुचना तथा संचार क्षेत्रका बहुआयामिक पक्षहरुमा केन्द्रित रहेर कलम चलाउने छ । सार्वजनिक चासो र गतिविधिहरुमा सत्य र तथ्यमा आधारित रहि, पत्रकारीताको आफ्नो आचारसंहिता भित्र रहेर हरेक सवाललाई विश्वसनिय तवरले उठान गर्ने छ ।
पत्रकारीता गर्नु मात्र ठुलो कुरा होईन । आजभोलि पत्रकारीता, प्रचाकारीता तर्फ रुपान्तरीत भईरहेको छ । Journalism is for Public not for Publicity भन्ने मूलमन्त्रलाई सम्पूर्ण कुराले आत्मसाथ गर्दै अगाडि बढ्ने छ । यसले समाज परिवर्तनमा कस्तो भूमिका खेल्दछ भन्ने पाटो महत्वपूर्ण हुन्छ । तसर्थ “सम्पूर्ण कुरा”ले मानवीय र सामाजिक यर्थाथताको उजागर गरी समाजलाई गतिशिल,चेतनशील र उन्नतशील बनाउन अतुलनिय भूमिका खेल्नेछ । “सम्पूर्ण कुरा”को उदेश्यनै गहकिलो दूरदृष्टि लिई मनोगत कल्पनाशीलता भन्दा तथ्यको आधारमा मानवीय मूल्य मान्यतालाई सन्मार्गतर्फ डो¥याई समृद्ध समाज निर्माण गर्नु हो । “सम्पूर्ण कुरा” प्राज्ञिक बौद्धिक विमर्शको केन्द्र बन्नेछ जहाँ “सबै कुरा एकै ठाउँ” हुनेछन् ।