संसारभर २० लाखमा कोरोना, अमेरिकामा मात्रै ६ लाख
संसारभर कोरोना भाइरस संक्रमितको संख्या झन्डै २० लाख पुगेको छ। यसमध्ये ६ लाखभन्दा बढी अमेरिकामा मात्रै रहेका छन्।
बुधबार बिहानसम्मको तथ्यांकअनुसार, कोरोना संक्रमितको संख्या १९ लाख ९९ हजार सात सय ७५ पुगेको छ। जसमा एक लाख २६ हजार सात सय ३८ जना ल्यान गुमाइसकेका छन्। अझै ५१ हजार ६ सय तीन जना गम्भीर रहेका छन्।
कोरोनाबाट निको हुनेको संख्या पनि विस्तारै बढ्दै गएको छ। अहिलेसम्म चार लाख ७८ हजार नौ सय ३२ जना निको भएका छन्। अहिले १३ लाख ९४ हजार एक सय नौ जनाको उपचार भइरहेको छ।
अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा ६ लाख १४ हजार दुई सय ११ जना बिरामी भएका छन्। जसमा २६ हजार ६४ जनाले ज्यान गुमाएका छन्। अझै १३ हजार चार सय ७३ जना गम्भीर अवस्थामा रहेका छन्।
स्पेनमा पनि संक्रमण कम हुन सकेको छैन। अहिलेसम्म एक लाख ७४ हजार ६० जना बिरामी भएका छन भने १८ हजार दुई सय ५५ जनाको मृत्यु भएको छ।
त्यस्तै, इटालीमा एक लाख ६२ हजार चार सय ८८ जना बिरामी भएका छन भने २१ हजार ६७ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा एक लाख ४३ हजार तीन सय तीन जना बिरामी भएका छन भने १५ हजार सात सय २९ जनाको मृत्यु भएको छ।
जर्मनीमा भने कोरोना नियमन्त्रणमै रहेको छ। अहिलेसम्म देखिएका एक लाख ३२ हजार दुई सय १० जनामध्ये तीन हजार चार सय ९५ जनाको मृत्यु भएको छ। ६८ हजार दुई सय जना निको भएका छन भने ६० हजार पाँच सय १५ जनाको उपचार भइरहेको छ।
यसैगरि बेलायतमा ९३ हजार आठ सय ७३ जना बिरामी भएका छन भने १२ हजार एक सय सात जनाको मृत्यु भएको छ। चीनमा पनि संक्रमण रोकिएको छैन। ८२ हजार दुई सय ९५ जना बिरामी हुँदा तीन हजार तीन सय ४२ जनाको मृत्यु भएको छ।
छिमेकी भारतमा पनि संक्रमण व्यापक बन्दै गएको छ। बुधबार बिहानसम्म ११ हजार चार सय ८७ जनामा कोरोना देखिएको छ भने तीन सय ९३ जनाको मृत्यु भएको छ।
नेपालमा भने बुधबारसम्म १६ जनामा कोरोना देखिएको छ। त्यसमध्ये एक जना निको भइरसकेका छन भने १५ जनाको उपचार भइरहेको छ।






