दाङमा पनि आजदेखि सवारी ई-पास लागु
बैशाख ०३, २०७७
बैशाख ३ दाङ
जिल्ला प्रसाशन कार्यालय दाङले आज देखि लागू हुने गरि अत्यावश्यक सवारी साधन आवत जावतका लागि ई- पासको ब्यबस्था गरेको छ । विश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका तथा रोकथाम गर्न आज देखि लागू हुने गरि ई-पास को ब्यबस्था गरिएको हो । जसको लागि epass.moha.gov.np वा 1112 मा एसएमएस मार्फत निबेदन दिने ब्यबस्था गरिएको छ ।






