तुलसीपुर र घोराही उपमहानगरलाई प्रदेश सरकारको २०/२० लाख कोरोना बिशेष अनुदान
प्रदेश मन्त्रीपरिषदको बुधबार बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ ।
बैठकले बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैंयाका दरले दिइने । नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैंया दिने निर्णय भएको छ ।
प्रदेशका १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैंयाका दरले ६० लाख रुपैंया दिने निर्णय बैठकले गरेको छ । जिल्ला समन्वय समितिको काम अनुगमनको कामलाई प्रभावकारी बनाउने भन्दै बैठकले समन्वय समितिको बैठक र अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउनुपर्ने प्रावधान बैठकले तोकेको छ ।
प्रदेशका १०९ स्थानीय तहलाई १३ करोड र १२ जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैया अनुदान दिइने छ ।मन्त्री परिषद्को बैठकले कोरोना विशेष अनुदानको रकम परिचालन सम्बन्धि मापदण्ड तोकेको छ । प्राप्त रकम स्थानीय तहहरुले आफूले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहत सम्बन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा मात्र खर्च गर्नुपर्ने भन्दै बैठकले अनुदान रकमलाई स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्नुपर्ने निर्णय भएको छ ।






