पूर्वसभामुख महरा द्वारा अति बिपन्नका लागि खाधान्न सहयोग । ब्यक्तिगत सहयोग गर्ने जिल्लामा पहिलो नेताको लिष्टमा महरा ।।

बैशाख ०४, २०७७


शरद रेग्मी
४ बैशाख दाङ, पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल सहितको खाधान्न सामाग्रि जम्मा गर्नुभएको छ ।
बिहिबार महराका स्वकीय सचिव प्रमोद शर्माले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल बुझाउनुभएको थियो ।
कोरोना भाइरस ९कोभिड– १९० ले विश्वलाई नै आक्रान्त बनाएको बेला नेपाल पनि अछुतो छैन । मुलुक यति बेला लकडाउनमा रहेको र अति विपन्न परिवार, ज्यालादारी गर्ने मजदुरहरुलाई उक्त चामल जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार वितरण गर्ने बताइएको छ । पूर्वसभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद महराले पहिलो चरणमा जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी मजदूरहरुको छाक नबसोस भनेर जिल्ला विपद व्यवस्थापन कोषमा १ सय बोरा चामल उपलव्ध गराएको बताउनु भयो ।
कोरोना संक्रमणले यति बेला मुलुकलाई छोएको मात्र छ, उहाले भन्न्युभयो ‘भोलि महामारीले झनै उग्ररुप लिन पनि सक्छ ।
त्यसकारण म अब दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा छु ।’
म दंगालि जनताको भावना अनुसार सुख:दुखमा सगं सगैं छु महराले भन्नुभयो “।
जिल्लामा ब्यक्तिगत रुपमा यति धेरै खाधान्न सामाग्रि सहयोग गर्ने महरा पहिलो नेता हुनुहुन्छ ।