तुलसीपुर ७ मा फुड वैंकको स्थापना गरिने,फुड वैंकमा सहयोग गर्न सबैमा अनुरोध
वैशाख ५ तुलसीपुर
सन्तोष के.सी.
अहिले विश्वब्यापी समस्याको रुपमा फैलिएको महामारी रोग कोरोना भाइरस (कोभीड १९) ले मानिसहरुको जनजीवन अस्त ब्यस्त तथा जोखिमपूर्ण हुदै गएको छ । कोरोनाका कारण सरकारले लकडाउनको समयावधि बढाउदै गएपछि अत्यन्त विपन्न तथा अभावमा छट्पटिएका व्यक्तिहरु, दैनिक कामगरी खाने गरिब तथा मजदुरी गरी गुजरा गरिरहेका ब्यक्तिहरुको उद्धारका लागि तुलसीपुर उपमहानगरपालिका वडा नं.७ ले फुड वैंकको स्थापना गरी दोस्रो चरणको राहत वितरण गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.७ का अध्यक्ष टोप बहादुर के.सी.को अध्यक्षता तथा कार्यपालिका सदस्यहरु दिपक कुमाल, चित्रा मल्ल, वडा सदस्यहरु राम बहादुर जि.सी, निराजन के.सी., शारदा सुनार तथा विभिन्न राजनितिक दलका प्रतिनिधीहरु संघ संस्था तथा सरोकारवालाहरुको उपस्थीतिमा बसेको सर्वदलिय सर्वपक्षीय बैठकले फुड वैंक (खाद्य भण्डार) स्थापना गरि एकद्धार प्रणाली द्धारा पहिलो चरणमा छुटेका विपन्न वर्गका मानिसलाई दोस्रो चरणमा फुड वैंकमा जम्मा हुन आउने राहत (खाद्यान्न सामाग्री) वितरण गरिने वडा सचिव आशाराम चौधरी ले जानकारी दिनुभयो । वडा कार्यालय बाट यस अघि माक्स वितरण र राहत (खाद्यान्न सामाग्री) पनि वितरण गरिएको थियो । उक्त मानविय रक्षार्थ स्थापना गरिएको वैंकमा सहयोग गर्न चाहाने उद्योगी, ब्यवसायि, समाज सेवी तथा सम्पूर्ण संघ संस्थाहरु लाई सहयोगका लागि वडा अध्यक्ष टोप बहादुर के.सी.अपिल गर्नु भएको छ । साथै कोरोना संक्रमणलाई लक्षित गरि सरकारले लकडाउन गरेको भन्दै यसलाई मध्यनजर गरि घर बाहिर ननिस्कन समेत सम्पूर्ण वडावासीमा केसीले अनुरोध गर्नुभएको छ ।







