दाङका सबै नाका बन्द

बैशाख ०५, २०७७


बैशाख, ५ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न तथा सीमा नाकामा सुरक्षा व्यबस्था थप सुदृढ गर्न भारतसँग सिमा जोडिएका दाङका सबै नाकाहरु अनिश्चितकालका लागि पूर्णरुपमा बन्द गरिएको छ ।

यसअघि जिल्लामा १० ठूला नाकाहरुमध्ये ७ वटा नाका सिल गरिएकोमा आज शुक्रबारबाट थप ३ वटा नाका पनि सिल गरिएसँगै दाङका सबै नाकाहरु पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार भारतसँग सिमा जोडिएको प्रमुख नाका रुपमा रहेका कोइलावास नाकासहित साना ठूला गरी ३१ नाकाहरु अब अनिश्चितकालका लागि बन्द भएको छ ।

जिल्लाको ८३ किलोमिटर क्षेत्रमा रहेका नाकाहरुमा सशस्त्र प्रहरीको टोली खटाइएको छ ।