प्रधानमन्त्री र उच्चस्तरीय समितिको नेतृत्वबीच बालुवाटारमा छलफल जारी

बैशाख ०५, २०७७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन र यसको व्यवस्थापनका बारेमा छलफल डाकेका छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषदका सदस्य, राष्टिय योजना आयोग लगायतका सम्बन्धित मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख सहितलाई छललफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपालमा कोरोना भाइरस रोकथाम, लकडाउनको प्रभाव तथा असरबारे छलफल भइरहेको जनाइएको छ । लकडाउनमा राहत वितरण प्रभावकारी नभएको र राजधानीसहित देशका शहरबाट मजदुरहरु पैदलै घर हिँड्न बाध्य भएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । आजको छलफलमा पैदलै घर हिडेका मजदुरहरुको व्यवस्थापनबारे पनि निर्णय हुने अपेक्षा गरिएको छ ।