कोरोना भाइरसबाट १ लाख ५४ हजारको मृत्यु

बैशाख ०६, २०७७


कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा हवात्तै बढेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनासँगै मृत्यु हुनेको कूल संख्या १ लाख ५४ हजार १४५ पुगेको छ।

अमेरिकामा हालसम्म सबैभन्दा धेरै ३७ हजार १५४ को मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ५३५ ले ज्यान गुमाएका छन्। अमेरिकामा संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा ३२ हजार थपिएपछि कूल संक्रमितको संख्या ७ लाख ९ हजार पुगेको छ। अमेरिकापछि दोस्रो धेरै मृत्यु हुने देश इटाली हो, जहाँ मृतकको संख्या २२ हजार ७४५ पुगेको छ। यहाँ १ लाख ७२ हजार संक्रमित छन्।

स्पेनमा मृतकको संख्या २० हजार पुगेको छ भने १ लाख ९० हजार संक्रमित छन्। फ्रान्समा १८ हजार ६८१ को मृत्यु भएको छ भने १ लाख ४७ हजार संक्रमित भेटिएका छन्। बेलायतमा १४ हजार ५७६ को मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमण शुरु भएको चीनमा मृत्यु हुने क्रम रोकिएकोमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार २९० जनाको मृत्यु भएको छ। यो सँगै चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजाार ६३२ पुगेको छ। जहाँ पछिल्लो २४ घण्टामा ३२५ संक्रमित थपिएका छन्। जहाँ संक्रमितको संख्या ८२ हजार पुगेको छ।

हालसम्म बिश्वभर संक्रमितको संख्या २२ लाख ४८ हजार पुगेको छ।