व्यस्त कलाकारको दैनिकीलाई फुर्सदिलो बनाईदियो लकडाउनले : गीतकार करण न्यौपाने

बैशाख ०६, २०७७


करण न्यौपाने नेपाली सुगम संगीत र लोक दोहोरी क्षेत्रको चिरपरिचित नाम हो । थुप्रै चर्चित गितहरुमा शव्द संकलन तथा संगीत भरेका न्यौपानेले नेपाली सांगितीक क्षेत्रमा महत्पूर्ण योगदान पुर्याएका छन् । उनले लोक दोहोरी क्षेत्रमा नयाँ शैलीको विकास पनि गरे । झिमकाईदेउ परेली,उहिँ मुलाको सिन्की,पुलिसवाला,मन्दिरमा वस्ने देउता लगायतका दर्जनौ चर्चित गितमा शव्द तथा संगीत भरेका न्यौपाने दाङ जिल्लाका धरोहर हुन् । जिल्लालाई कलाकारीताको हव बनाउन उनको पनि अहम भूमिका रहेको छ । चर्चित भएर पनि मिडियामा खासै प्रस्तुत हुन नचाहाने उनी सम्पूर्ण कुरासंग भने एकछिन गफिए ।
कता हुनुहन्छ ?
म काठमाडौ छु ।
कसरी वितेका छन् दिनहरु ?
दिनहरुत तनावपूर्ण रुपमा वितेका छन् । लकडाउन छ कतै जानु छैन । कोठाको कोठा । यहि वस्यो,नेट चलायो,खायो,वस्यो,सुत्यो,उठ्यो,गित लेख्यो यसैगरी ।
लकडाउनले कलाकारको दैनिकी कस्तो भईरहेको छ ?
कलाकारहरु प्राय व्यस्त हुन्थे । कहिले कतै त कहिले कतै । तर यो पटक भने लकडाउनले व्यस्त कलाकारहरुको दैनिकीलाई फुर्सदिलो बनाईदियो । म आफै पनि प्राय घरमा भेटिदैनथिए । तर आजभोलि कतै जाने भएको छैन् । घरको घरमै छु । साह्रै फुर्सदिलो भएको छु ।


यो फुर्सदिलो समयलाई कसरी सदुपयोग गर्नुभएको छ ?
मैले गितहरु लेखेको छु । आज सम्म २६ वटा गितहरु लेखे । प्राय माया प्रेमका गित नै छन् । कुनै विछोडका गित छन् । यो पटक आधुनिक गित अलि बढि लेखे । लोक दोहोरी गि ४/५ वटा लेखेको छु । साथै दुनियाँमा के भईरहेको छ भनि अपडेट भईरहेको छु । कोरोनाको समाचारमा अलि वढि केन्द्रित छु ।
लकडाउनले केहि नयाँ सिकायो कि ?
(हास्दै) कोठा भित्र बसेको बस्यै गर्दा कति पिडा हुदौ रैछ भन्ने कुरा सिकायो ।
अन्तमा केहि ?
सम्पूर्ण कुरा टिमलाई धन्यवाद । छोटो मिठो गफगाफका लागि आभारी छु । सरकारले लकडाउन गरेको छ । यो समयमा घरमै बसेर सरकारलाई सहयोग गर्न सबैमा अनुरोध गर्दछु । दिनप्रतिदिन कोरोना संक्रमित विरामी थपिदै गएका छन् । तसर्थ सबैलाई सुरक्षित साथ बस्न अनुरोध गर्दछु । भिडभाड नर्गनुहोस्,कतै नजानुहोस्,विदेशबाट आउनुभएको छ भने सरकारले भनेको मान्नुहोस् । यो सबै हाम्रै जिवनको सुरक्षाका लागि हो । बाँचे अझै धेरै गर्नु छ । तसर्थ नियमको उल्लघंन नगरौ ।