तुलसीपुर उद्योग बाणिज्य सघंको अगुवाईमा पैदल यात्रीलाई भोजन आवास र यातायातको ब्यबस्था
शरद रेग्मी
दाङ,बैशाख ६
तुलसिपुर उद्योग बाणिज्य सघंको अगुवाईमा दाङ जिल्लामा क्रियाशिल दशवटा सामाजिक सस्थाहरुले पैदल यात्रिहरुलाई खाना बस्न र गन्तब्य सम्म जान गाडिको ब्यबस्थापन गर्न सुरुवात गरेका छन । देशभरबाट गन्तब्य सम्म पैदल हिडेर तुलसिपुर आईपुगेका पैदल यात्रिहरुलाई सामाजिक सघ सस्थाहरुको सामुहिक प्रयासपछि अरणिको मैदान र नजिकै रहेको श्रि गणेश पार्टि प्यालेसमा ब्यबस्थापन गर्ने सहमति भएको हो । सामाजिक दुरि कायम राख्दै उधोग बाणिज्य सघमा आयोजना गरिएको सघ सस्थाहरुका अध्यक्ष हरुको बैठकले लकडाउन अबधिभर एक छाक खाना, पानि बिस्कुटको ब्यबस्थापन गर्न सबैले सहयोग गर्ने बताएका थिए ।
शनिबार बाणिज्य सघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले स्थानिय सरकार तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे,वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह,स्थानिय प्रशासन र सुरक्षानिकाय सगंको समन्वयमा “मानबिय सेवा आजको आबश्यकता “भन्ने मुल मान्यता अनुसार सेवा शुभारम्भ गरिएको छ । तुलसिपुर उधोग बाणिज्य सघका निबर्तमान अध्यक्ष एव सामाजिक अभियान्ता बिमल रिजालले मानविय सेवा पहिलो धर्म भएको भन्दै यो बिषम परिस्थितिमा एक आपसमा सहयोगिको भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाले चामल र तेल को ब्यबस्थापन रिजाल मिलले मिलाउने समेत प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
यस्तै बैठकमा त्रिसिद्देश्वरि राप्ति यातायात प्रालिका अध्यक्ष सुरेश हमालले यस जिल्लाका यातायात ब्यबसायिहरु यो अभियानमा सगं सगै रहेको बताउनुभयो । अध्यक्ष हमालले भन्नु भयो “शुक्रबार साझ देखि नै सबै यातायात ब्यबसायिहरुको समन्वयमा बाटोमा रोकिएका पैदल यात्रुलाई गन्तब्य सम्म पुर्याउने काम सुरु भैसकोको छ।” हामिले स्थानिय सरकार प्रशासन र उधोग बाणिज्य सघंहरुको समन्वयमा आजदेखि सल्यानको श्रीनगर र पश्चिम दागको सिमाना हंसपुर सम्म यात्रुहरु लग्ने छौ र त्यसपछिको ब्यबस्थापन स्थानिय नगरपालिका र गाउपालिकाले गर्नुपर्छ । कार्यक्रममा लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञ बहादुर केसि, रोटरि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष देबबहादुर केसि,तुलसिपुर नगर जेसिजका अध्यक्ष मोहन सुनार, पुर्ब अध्यक्ष दिपेश भण्डारि, बाणिज्य सघका सचिब बिनिल केसिल ,रोट्रयाक्ट क्लब अफ तुलसिपुरका अध्यक्ष नविन राई,लियो क्लब अफ दाङ तुलसिपुरका कार्यबाहक अध्यक्ष सन्तोष केसि,चलचित्र पत्रकार सघं दागंका अध्यक्ष शिव पुन लगायतले यो शंकटको घडिमा मानब सेवा गर्न स्थापना भएका सामाजिक सस्थाहरुले आफु सुरक्षित हुदै सहयोग गर्न अगाडि बढनुपर्नेबेला आएको बताउनुभयो ।
तुलसिपुर पुगेका पैदल यात्रिहरुलाई आबश्यक स्वास्थ्य परिक्षणको ब्यबस्था राप्ति प्रादेशिक अस्पतालको सहयोगमा तुलसिपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रबर्दन महाशाखाले गर्ने छ ।
सो अबसर सबैको स्वास्थ्य परिक्षण गर्ने र केहि समस्या देखिए स्थानिय क्वारेन्टाईनमा राख्ने तयारि समेत गरिएको छ । साथै त्ससको जानकारि स्थानिय सरकारलाई गराउने पनि तयारि गरिएको छ ।
त्यसैगरि खाना ब्यबस्थापन,साबुन पानिले हात धुने स्थान, मास्क र अन्य आबश्यक तयारिका लागि सबै सस्थाहरुले प्रत्येक दिन तिन जना स्वयमसेबकहरु खटाउने छन । यता यो अभियानमा सहयोग गर्नु चाहानुहुने महानुभाबहरुले रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको मोवाईल नम्बर ९८५७८२०७१३, प्रकाश भट्ट ९८५७८२०२६०, मोहन सुनार ९८५७८३४९२८,टेक प्रकाश केसि ९८५७८२०४१८,नबिन राई ९८५७८२१५६६ लाई सम्पर्क गर्नुहुन अपिल गरेका छन ।
बिगत केहि दिन देखि सडकमा पैदल हिडने यात्रुहरुले भोग्दै आएको समस्या देखेपछि जिल्लामा क्रियाशिल पत्रकारहरुको साझा सस्था रिपोटर्स क्लब दागको समन्वयमा सामाजिक सघ सस्थाहरुको भेला बोलाउन तुलसिपुर उधोग बाणिज्य सघलाई ध्याणाकर्षण गराएको थियो ।






