लकडाउनमा फिल्म प्रतिको आकर्षण कलाकारहरु भन्छन् लकडाउनमा यस्ता फिल्महरु हेर्नुस ।

चैत २२, २०७६


डि.आर.एन.
लकडाउनको आज पाँचौ दिन । घरमा बस्न यति धेरै गाह्रो भएको छ सायद यस्तो खालको अनुभव पहिलो पटक भएर होला । कोरोना भाइृरस संक्रमित बिरामी भेटिएपछि नेपालमा संक्रामक ऐन बनेको ५६ वर्षपछि पूरै देश नै लकडाउन भएको छ । ५६ वर्ष पछि संक्रामक ऐन,२०२० लाई टेकेर सरकारले पूरै देश लकडाउन गरेको सम्भवतः यो नै पहिलो पटक हो । मनमा चाहाना हुदा हुदै पनि वाच्ने र वचाउने चाहानाले घर बाहिर निस्कन मनले मानिरहेको छैन । सुत्ने,उठ्ने,खाने,गफ गर्ने सामाजिक सञ्जाल चलाउने,कमेन्ट गर्ने,लाईक गर्ने,टिकटक बनाउने काम गर्दै दैनिकि वितिरहेको छ । यसैगरी आजभोलिको यो लकडाउनमा घरमै बसेका मानिसलाई मन भुलाउने सबैभन्दा उत्तम विकल्प भएको छ फिल्म । प्राय हरेक मानिसले दिनमा एउटा न एउटा फिल्म हेरेकै छन् । कसैले युट्युवमा हेरेका छन् भने कसैले टिभीमा । जे होस सबैमा फिल्मप्रतिको आकर्षण बढाएको लकडाउनले । फेसवुक हेर्ने हो भने आजभोलि कसैले पुराना फोटोहरु हेर्दै आफ्नो विगतलाई पुन ः रिकल गरेका छन् भने कतिले ति फोटोहरुमा पुराना पुराना कथाहरुलाई समेट्दै बनाएका कमेन्टलाई भाइरल बनाएका छन् । यस्तै कतिले नयाँ पुराना फिल्मको नाम राख्दै लकडाउनमा हेर्नुपर्ने फिल्म भन्दै सिफारीस समेत गरेका छन् । यस्तै भर्खरै रिलिज भएका फिल्महरु पनि यतिवेला भ्युज बढ्ने भन्दै युट्युवमा रिलिज भएका छन् । मानिसहरुले सामाजिक सञ्जालमा आज यो फिल्म हेरियो,राम्रो छ , तपाईलाई पनि हेर्न अनुरोध गर्दछु भनेर लेखिरहेका छन् । यसरी यो लकडाउनलाई सार्थक बनाउन भन्दै फेसवुकमा अलि सक्रिय हुने आजभोलिका जल्दा वल्दा कलाकार दिपकराज गिरीले केहि पुराना अनि नयाँ फिल्महरु हेर्न सिफारीस गरेका छन् । उनले घरमै बसौ छक्का पञ्जा ३ हेरौ भन्दै दर्शकलाई सिफारीस गरेका छन् । उनले यो चलचित्रलाई डिसहोमको सो मार्फत हेर्न अनुरोध गरेका छन् । चलचित्र छक्का पञ्जा ३ संगै केहि समय अघि मात्र रिलिज भएको नेपाली सिनेमा आमा पनि डिसहोमको च्यानल सिनेमा घर मार्फत दैनिक ८ सो प्रर्दशन भईरहेको छ । साथै दिपकले अन्य नेपाली चलचित्र साँघुरो,टलकजंग भर्सेस टुल्के,वडा नं ६,हिन्दि चलचित्र घ भ्मष्यतक हेरेर घरमै बसेर मनोरन्जन गरी सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन् । यस्तै लक डाउनको चौथो दिन शुक्रवारबाट युट्युव च्यानलमा नयाँ चलचित्र पोर्ई पर्यो काले रिलिज भएको छ । यो चलचित्रलाई हेरेर साथ दिन चलचित्रका नायक आकाश श्रेष्ठले सबैमा अनुरोध गरेका छन् । घरमै बस्नुहोस र चलचित्र पोई पर्यो काले हेर्नुहोस भन्दै उनले सबैमा फेसवुक मार्फत अनुरोध गरेका छन् । यसैगरी अर्का जल्दा वल्दा कलाकार दयाहाङ राईले नविन सुव्वा निर्देशित चलचित्र नुमाफुङ र यसपालिको ओस्कार विजेता फिल्म प्यारासुट हेर्न सिफारीस गरेका छन् । यस्तै अभिनेता विपिन कार्किले सुप्पर डिलक्स,प्यारासुट नामक चलचित्र हेर्न सुझाउछन् साथै उनले परिवारलाई पनि समय दिने उपयुक्त मौका भएको भन्दै घरमा वसेर परिवारलाई पनि समय दिन सुझाउछन् । साथै उनले फिल्म संगै हालै मदन पुरस्कार जितेको उपन्यास “रणहार” पढ्न सुझाव दिएका छन् । यस्तै अभिनेत्री स्वस्तिमा खड्का र यसका निर्माता अविरल थापा फोपी एपमा आफ्नो चलचित्र “बुलबुल” हेर्न दर्शकलाई सिफारीस गरेका छन् । यस्तै यो लकडाउनको समयमा हेर्न पर्ने अर्को फिल्म हो “यात्रा”। चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष स्व.केशव भट्टराईद्धारा निर्मित यो चलचित्रमा शलिनमान बाँनिया,धिरेन शाक्य,सलोन वस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै प्रदिप भट्टराई द्धारा निर्देशित चलचित्र जात्रै जात्रा,स्व नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र कोहिनुर,रामबाबु गुरुङको चलचित्र कबड्डी कबड्डी कबड्डी पनि यो लकडाउनको समयलाई आनन्दित बनाउने चलचित्र हुन् ।
यसरी यो लकडाउनलाई सार्थक बनाउन विभिन्न फिल्महरु हेरी मनोरञ्जन संगै केहि ज्ञान पनि लिन सकिन्छ । फिल्म संगै कतिले रेडियो प्रसारण हुने माया प्रेमका कथाहरु,गजल,मुक्तक सुन्दै विताईरहेका छन् त कतिले उपन्यासहरु,कविता,कृतिहरु पढ्दै विताईरहेका छन् । जे होस लकडाउनले मानिसलाई कुनै न कुनै पाठ सिकाएकै छ । मानिसले केहि न केहि नयाँ कुराहरु सिकिरहेका छन् ।