राजनीतिक पहुँचको आधारमा मान्छे नओसार्न गाँउपालिका राष्ट्रिय महासंघको आग्रह
बैशाख ०९, २०७७
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले लकडाउनका बेला राजनीतिक पहुँचको आधारमा रातारात मान्छे ओसारेको भन्दै त्यसको विरोध गरेको छ ।
महासंघका पदाधिकारीहरूको मंगलबार भएको भिडियो बैठको ठहर छ ‘पहुँचको आधारमा रातारात सवारी साधनबाट मान्छे गन्तव्यमा पुर्याइएको छ र पहुँच नभएकाहरू हिँडेर गाउँ जान बाध्य छन् ।’
लकडाउनमा अलपत्रहरूको सन्दर्भमा महासंघले सरकारलाई दुई वटा विकल्प पनि सुझाएको छ ।
पहिलो, लकडाउन अवधिभर जो जहाँ छ त्यही न्यूनतम सुविधा उपलब्ध गराएर सुरक्षित राख्ने ।
दोस्रो, गन्तव्यमा जान चाहने सबै नागरिकलाई न्यूनतम स्वास्थ्य प्रोटोकल पालना गरी सुरक्षित साथ गन्तव्यमा पुर्याउने, कसैलाई काखापाखा नगर्ने ।
महासंघमा कार्यरत कर्मचारीहरूले संघीय सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्ने भएका छन् ।






