विश्वभर कोरोना संक्रमित १७ लाख नाघे, १ लाख ९० हजारले ज्यान गुमाए

बैशाख १२, २०७७


गत पाँच महिनामा कोरोनाभाइरसबाट विश्वभर २७ लाखभन्दा बढि संक्रमित भएका छन्। पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट २७ लाख १८ हजार ६ सय ९९ मानिस संक्रमित भएका छन् ।

कोरानाबाट सबैभन्दा बढि अमेरिकामा ८ लाख ८८ हजार मानिस संक्रमित भएका छन्। दोस्रो बढि संक्रमित हुनेमा स्पेन र त्यसपछि इटाली छन् । स्पेनमा २ लाख १३ हजार र इटालीमा १ लाख ८९ हजार ९ सय मानिस संक्रमित भएका छन्।

विश्वभर कोरानाभाइरसका कारण अहिलेसम्म १ लाख ९० हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पनि सबैभन्दा बढि अमेरिकामै छन्। अमेरिकामा ४९ हजार ८ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।