तुलसीपुरबाट लकडाउन उल्लघंन गर्ने २१ जना पक्राउ

बैशाख २४, २०७७


ईलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट २१ जनालाई नियन्त्रणमा लिएको छ ।नेपालगंजमा कोरोनाको संक्रमण देखिएपछि कडाई गरेको प्रहरीले पहिलो पटक यति ठूलो संख्यामा नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।सामाजिक दुरी कायम नराखेको, बजारमा विना कामै  हिडेका कारण नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जनकारी दिए । लकडाउन प्रहरीका लागि भन्दा पनि स्वयम् नागरिकको सुरक्षाका लागि पनि भएकाले यसको पूर्ण पालना गर्नु सबैका हितमा भएको प्रवक्ता डम्बरपालले बताए । प्रहरीले आईतबारदेखि अत्यावश्यक काम भन्दा अन्य काममा हिड्न प्रतिवन्ध लगाएको छ ।

पक्राउ परेका अधिकांस नागरिकहरु तुलसीपुर क्षेत्रका छन भने एक जना बर्दियाका रहेको प्रहीले बताएको छ । प्रहरीले केही सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।