रोल्पामा चट्याङबाट दुुई जनाको मृत्युु

बैशाख २५, २०७७


चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका २ सिर्प बस्ने ६३ बर्षिय भीमबहादुर विक र ४० बर्षिय चित्र पुनको विहिवार विहान साढे ८ बजेतिर चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्र बहादुर गुरुङले जानकारी दिएका छन् ।