८ संक्रमित निको भएर डिस्चार्ज

बैशाख २६, २०७७


कोशी अस्पताल विराटनगरमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। उदयपुरको त्रियुगा नगरपालिका –३ भुल्केका पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पछिल्लो दुइै पटक गरीएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।

कोभिड–१९ अस्पताल व्यवस्थापक संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार रिपोर्ट नेगेटिभ देखिएका मध्ये एक जना भारतीय नागरिक छन्।

आज डिस्चार्ज भएका ८ जनासँगै नेपालका निको हुने संक्रमितको संख्या २७ पुगेको छ।