लकडाउनकै बीच संघीय संसदको अधिवेशन सुरु

बैशाख २६, २०७७


संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बसेको हो ।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि विशेष सावधानी अपनाएर संसद बैठक बसेको छ ।

जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रि-बजेट छलफल गर्नुपर्ने बाध्यताका कारण लकडाउनकै बीच संघीय संसदको अधिवेशन बोलाइएको हो ।