अमेरिकामा ८० हजारको मृत्यु

बैशाख २८, २०७७


अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८० हजारभन्दा बढी भएको छ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार अमेरिकामा ८० हजार ३७ जनाको ज्यान गएको छ। जहाँ पछिल्लो २४ घण्टामा एक हजार ४२८ जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा १३ लाख ४७ हजार ३०९ जनामा संक्रमण देखिएको छ। त्यस्तै बेलायतमा ३१ हजार ५ सय ८७ जनाको ज्यान गएको छ। बेलायतमा २ लाख १५ हजार २ सय ६० जनामा संक्रमण भेटिएको छ।

बेलायत पछि इटालीमा धेरै ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख १८ हजार २ सय ६८ जनामा संक्रमण भेटिएको छ। स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा संक्रमण भेटिएको छ। त्यहाँ २६ हजार ४ सय ७८ जनाको ज्यान गएको छ।

फ्रान्समा २६ हजार ३ सय १० को मृत्यु हुँदा १ लाख ७६ हजार ६ सय ५८ मा संक्रमण छ। जर्मनीमा १ लाख ७१ हजार भन्दा बढीमा संक्रमण भेटिएको छ भने त्यहाँ ७ हजार ५ सय ५९ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै ब्राजिलमा पनि मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। ब्राजिलमा १० हजार ६ सय ५६ जनामा संक्रमण भेटिएको छ भने १ लाख ५६ हजार ६१ जनामा संक्रमण छ। टर्कीमा १ लाख ३७ हजारमा संक्रमण छ भने ३ हजार ७ सय ३९ जना संक्रमित भेटिएका छन्। इरानमा ६ हजार ५ सय ८९ जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ १ लाख ६ हजार २ सय २० जनामा संक्रमण भेटिएको छ।

विश्वमा ४० लाख ९८ हजार ९२ जनामा संक्रमण भेटिएको छ भने २ लाख ८० हजार ४३१ जनाको ज्यान गएको छ।