राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन : सभापति देउवा

बैशाख २८, २०७७


प्रमुख पतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रवादको प्रश्न वक्तव्यको बिषय नभएर परिणाममुखी हुनुपर्ने बताएका छन् ।

आइतबार सभापति देउवाद्वारा जारी विज्ञप्तिमा नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गर्न भनिएको छ । साथै उनले राष्ट्रियताको प्रश्नमा काँग्रेसको सम्पूर्ण रुपमा सरकारको साथमा रहने बताए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छंदा यी भू–भाग बारे नेपाली कांग्रेसले सदैब प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ, विज्ञप्तिमा भनिएको छ ।

१ सन् २०१५ मेमा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको विषय विज्ञप्तिमा उल्लेख छ ।