चलचित्र पत्रकारीता दिवसमा चलचित्र पत्रकार संघ दाङले रक्तदान गर्ने

बैशाख ३०, २०७७


सन्तोष केसी
चलचित्र पत्रकार संघ,नेपाल दाङ शाखाले चलचित्र पत्रकारीता दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । आज शाखामा आवद्ध भएका चलचित्र पत्रकारहरुसंग अनलाईन वैठक गर्दै शाखाका अध्यक्ष शिव पुनले हरेक वर्ष जेठ ७ गते मनाईने चलचित्र पत्रकारीता दिवसलाई दाङ शाखाले कोरोना महामारीका कारण भव्य कार्यक्रम गर्न नसके पनि सामाजिक उत्तरदायित्व वहन गर्दै विपदको समयमा भएको रगत अभावलाई केहि सहज बनाउन रक्तदान गर्न लागेको जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटि दाङ संगको सहकार्यमा हुन लागेको कार्यक्रममा रगत दान नै जिवन दान सम्झी रगत दान गर्न सबैमा संघका अध्यक्ष पुनले आग्रह गर्नुभयो ।