कोरोना संक्रमित बारे बेलझुण्डीमा बैठक सुरु
बैशाख ३०, २०७७
तुलसीपुरको कोरोना विशेष अस्पतालमा उपचारका लागि जिल्ला बाहिरबाट कोरोना संक्रमित बिरामीलाई आउन दिने या नदिने भन्ने विषयमा छलफल गर्न बैठक सुरु भएको छ ।
बैठकमा उपचारको क्रममा मृत्यु भएकाहरुको शव व्यवस्थापन, जिल्ला बाहिरबाट कोरोना संक्रमितलाई बेलझुण्डीमा उपचारका लागि आउन दिने या नदिने लगाएतका विषयमा छलफल गरिने कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।
कोरोना विशेष अस्पताल व्यवस्थापन समितिका संयोजक रहेका प्रदेश ५ का संघीय आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीलाई जानकारी गराएर बैठक सुरु भएको छ ।
बैठकमा दाङका सुरक्षा प्रमुख, स्थानीय तहका प्रमुख र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालका प्रमुखहरुको सहभागीता रहेको छ ।






