प्यूठानमा ११ जनाको आरडीटी पोजिटिभ

बैशाख ३०, २०७७


प्यूठान जिल्लामा ११ जनामा आरडीटी पोजिटिभ देखिएको छ । प्यूठान नगरपालिका ९ मरन्ठानास्थित क्‍वारेन्टाइनमा बसेकाहरुको मंगलबार आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । मरन्ठानाको गुरीगाउँमा ३, धगेमा १, बुढादेवीमा ७ जनाको आरडीटी पोजिटिभ देखिएको हो ।

प्यूठान नगरपालिका ९ मरन्ठानास्थित बुढादेवीमा नगरपालिकाले निर्माण गरेको क्‍वारेन्टाइन ।

स्वास्थ्य कार्यालय प्यूठानका अनुसार २१ देखि ३८ वर्ष उमेर समूहका ८ पुरुष र ३ महिला छन् । एक जना लमजुङबाट र बाँकी काठमाडौंबाट आएकाहरु हुन् ।

आरडीटी पोजिटिभ देखिएका र सँगै क्‍वारेन्टाइनमा बसेका २९ जनाको पीसीआर परीक्षणका लागि स्वाब भैरहवा पठाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । यसअघि प्यूठान नगरपालिका २ स्थित सिद्धार्थ हलमा रहेका दुई जनामा पनि आरडीटी पोजिटिभ देखिएको थियो । पछि पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।