चलचित्र पत्रकारिता दिवसमा दाङ शाखाद्धारा रक्तदान

जेठ ०७, २०७७


चलचित्र पत्रकार संघ दाङ शाखाले २१ औँ चलचित्र पत्रकारिता दिवशको अवसरमा रक्तदान गरेका छन् । तुलसीपुरको कालिका रक्तसंचार केन्द्रमा भएको रक्तदान कार्यक्रममा समाजसेवी, व्यवसायी पत्रकार लगायत १८ जनाले रक्तदान गरेका थिए । दिवसका अवसरमा विगतमा विभिन्न कार्यक्रमहरु गर्दै आएको संघले यस बर्ष कोरोनाको जोखिमले गर्दा अन्य औपचारिक कार्यक्रम नगरी रक्तदान कार्यक्रम गरिएको संघ जिल्ला अध्यक्ष शिव पुनले बताए । कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती यातायातमा अध्यक्ष सुरेश हमाल, राजेन्द्र महतरा, चेतन रेग्मी, प्रकाश डाँगी, भुपेन्द्र वली,शान्ति जिएम, राजेश खत्री, झग्गु भण्डारी, अञ्जना चौधरी, एचआर मगर, प्रवेश भुसाल, विनायक रेग्मी, विकाश कुसारी मगर, निर्मल खड्का, प्रविण रिजाल, सुमन रिजालु र विवेश वलीलगायतले रक्तदान गरेका थिए ।