नयाँ १० जना सहित ४४४ मा कोरोना संक्रमण पुष्टि

जेठ ०८, २०७७


नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रबक्ता डा. समिरकुमार अधिकारीका अनुसार वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा कोरोना भाइरस पुष्टि भएको हो ।

यसअघि प्रदेश १ सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हिजो साँझनै सार्वजनिक गरेको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । तीमध्ये ४५ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।