घोराहीमा एक जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४५४ पुग्यो
जेठ ०८, २०७७
दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा घोराही उपमहानगरपालिका–३ निबासी ३७ बर्षका युवकमा कोरोना संक्रमणको पुष्टि भएको कायममुकायम रजिष्टार कैलाश प्रसाद देवले जानकारी दिए ।
यो संगै दाङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । यस अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गढवा गाउँपालिका–४ र ५ नम्बर वडामा एक /एक जना र काठमान्डौ र धुलीखेलमा दाङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथ जनासंख्या मन्त्रायले जानकारी दिएको छ । बिहिबार प्रतिष्ठानमा ६९ जनाको स्वाब परीक्षण गरिएको थियो । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या २५४ पुगेको छ।