थप २० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

जेठ ०९, २०७७


नेपालमा थप  २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

शुक्रबार  गरिएको परीक्षणमा थप २० जनामा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५०७ पुगेको छ।